
प्रतिनिधिसभामा मंगलवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
समसामयिक विषयमा बोल्नका लागि ओलीले समय मागेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
देशको अर्थतन्त्र, सर्वसाधारणले ब्यहोर्नुपरेको महंगीलगायत समस्याबारे ओलीले संसद्मा बोल्न लागेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री पनि संसद्को बैठकमा उपस्थित हुने परम्परा छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि राखिएको छ ।