०३ असार २०८३, बुधबार

नियमित पढाउन माग गर्दा विद्यार्थी थुनामा

असोज १६, २०८०
पर्सा
नियमित पढाउन माग गर्दा विद्यार्थी थुनामा

नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थीलाई थुनिएको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नुका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन् । 

दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । 

विद्यालय प्रशासनले आफूहरूबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरू बताउँछन् । 

प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा कसैले प्रतिक्रिया दिन मानेनन् ।  प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उनले नै जानकारी दिने प्रशासनले जनाएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्