०७ साउन २०८३, बिहीबार

ओलीको प्रश्न– सभामुख विदेश जाँदा एउटा पीएलाई झोला बोकाएर मात्र पठाउने हो ?

असोज १६, २०८०
काठमाडौं
ओलीको प्रश्न– सभामुख विदेश जाँदा एउटा पीएलाई झोला बोकाएर मात्र पठाउने हो ?
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको अपमान गरेको आरोप लगाएका छन् ।

एउटा कार्यक्रमका लागि विदेश भ्रमणमा जान लाग्दा पीए मात्र लैजान भनिएको आरोप उनले लगाए ।

'सम्माननीय सभामुखज्यूलाई आयरल्यान्डबाट एउटा कार्यक्रममा निम्तो आयो, सरकारले एउटा पीएलाई झोला बोकाउने जाने भन्ने जवाफ दियो,' ओलीले भने, 'दुनियाँमा कुनै सभामुख पीए मात्र लिएर हिँड्या हुन्छ ? कुरा सभामुखको मात्र हैन, संसद्को गरिमाको हो । सभामुख जाँदा कर्मचारी लान नपाउने, सहयोगी लान नपाउने कस्तो खालको इन्साफ हो ? यहाँ सभामुखको गरिमा छैन ?'

उनले पूर्व राष्ट्रपतिहरूको हालत के छ भनेर समेत प्रश्न गरे ।

'पूर्व राष्ट्रपतिहरूको हालत के छ थाहा छ ? के छ पूर्व राष्ट्रपतिहरूको हालत ? तातोपानी खाएर बस्न पाउनुभाछ ?' प्रधानमन्त्रीलाई लक्षित गर्दै ओलीले प्रश्न गरे ।

यस विषयमा उनले थप केही खुलाएनन् ।

पूर्व राष्ट्रपति डा. रामवरण यादव सरकारी सुविधाकै घरमा बसे पनि अर्की पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास रोजेकी छन् ।

सम्भवत: उनले पूर्व राष्ट्रपति भण्डारीको केही असहजता संकेत गरेको हुनसक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्