३० असार २०८३, मंगलबार

बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म धक्का

असोज १६, २०८०
काठमाडौं
बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म धक्का

बझाङलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलवार दिउँसो ३ बजेर ६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको छ । काठमाडौंमा दिउँसो ३ बजेर ८ मिनेटमा धक्का महसुस भएको थियो ।

आजै २:४० मा सुदूरपश्चिमको पहाडी भूगोल केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।

दिल्लीसम्म धक्का महसुस भएको भनेर भारतीय मिडियाहरूले समेत समाचार प्रशारण गरिरहेका छन् ।

भूकम्पले बझाङमा केही घर भत्किएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्