१४ असार २०८३, आइतबार
आजको मौसम

पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

असोज १७, २०८०
काठमाडौं
पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विभिन्न पाँचवटा प्रदेशमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पाइएको छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो । 

साथै यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्