
तनहुँमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका ६ सेप्राङ घर भई भानु नगरपालिका ९ बडहरे बस्ने २६ वर्षीय कर्णबहादुर मास्की रहेका छन् ।
उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।