३१ असार २०८३, बुधबार

स्वास्थ्य मन्त्रालय अन्तर्गतका १७२ अधिकृतको दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय [सूचीसहित]

असोज १७, २०८०
काठमाडौं
स्वास्थ्य मन्त्रालय अन्तर्गतका १७२ अधिकृतको दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय [सूचीसहित]

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतमा १७२ अधिकृत स्तरका दरबन्दी स्वीकृत गरेको छ ।​

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रालय अन्तर्गत १७२ अधिकृतस्तरका दरबन्दी स्वीकृत भएको जानकारी दिएकी हुन् । 

साथै सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, नाफाखोरी गर्ने, व्यक्ति र फर्मलाई कानुन बमोजिम कारबाहीका लागि कसैसँग सूचना भए दिन अनुरोध गरेको छ । हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नं. ११३७ मा सूचना दिन पनि सरकारले आग्रह गरेको छ । 

सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक र मर्यादित बनाउन पनि सरकारले अपिल गरेको छ । धार्मिक, सामाजिक, सांस्कृतिक सद्‌भाव बिथोल्ने गरी विचार प्रवाह गर्न र सम्प्रेषण नगर्न पनि सरकारले अपिल गरेको छ । 

साथै सरकारले उदय–आर्थिक विकासको लागि तथा नव प्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्रान्क ५.४५ मिलियन अनुदान सहायता स्वीकार गने निर्णय पनि गरेको छ । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले लण्डनमा हुने उच्चस्तरीय लगानी सम्मेलनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

यस्ता छन् अन्य निर्णय

salt training

कमेन्ट गर्नुहोस्