२८ जेठ २०८३, बिहीबार

राजविराजमा अगाडि रहेको फोरम तिरहुत गाउँपालिकामा विजयी

कात्तिक २०, २०७४
राजविराजमा अगाडि रहेको फोरम तिरहुत गाउँपालिकामा  विजयी

राजविराज, ६ असोज– सप्तरीको राजविराज नगरपालिकामा हिजो शुरु भएको मतगणना आज पनि जारी रहेको छ ।

राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतपरिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार भीमराज यादवले ६३ मत प्राप्त गरी पहिलो स्थानमा छन् ।

फोरम नेपाललाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी (राजपा नेपालका शम्भु यादवले ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका शुखराम यादव ३५ मत ल्याएर तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका अनिस अन्सारीले पनि ३५ मत प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी २४ र नेपाली काँग्रेसका धु्रवदेवले १२ मत प्राप्त गरेका छन् ।

यसैगरी, हनुमाननगर कंकालनी नगरपालिकामा पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा रहेको पाइएको छ ।

पछिल्लो परिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले तीन हजार ११२ मत प्राप्त गरी अगाडि छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुख उम्मेदवार शैलेशकुमार साह दुई हजार ६१० मत प्राप्त गरी दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, अन्य स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिए ।

तिरहुतमा संघीय फोरम नेपाल विजयी

यसैबीच, सप्तरीको तिरहुत गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार हेमन्तकुमार बहडखेर (यादव) दुई हजार ९४२ प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजय यादवले दुई हजार १०४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालकै उपप्रमुख पदका उम्मेदवार तीर्थमाया मण्डल (खत्बे) दुई हजार ७४० मत ल्याएर विजयी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका गीताकुमारी यादवले एक हजार ३२२ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्