१३ असार २०८३, शनिबार

धनुषाको १८ स्थानीय तह : कांग्रेसले ४ स्थान जित्दा एमालेले ३ ठाउँ जित्यो

कात्तिक २०, २०७४
धनुषाको १८ स्थानीय तह : कांग्रेसले ४ स्थान जित्दा एमालेले ३ ठाउँ जित्यो
धनुषा, ६ असोज– असोज २ मा सम्पन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ ।

प्रदेश नम्बर दुईको ८ जिल्लाका १३६ स्थानीय तहको मतगणना जारी रहदा पहिलो स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । दोस्रो स्थानमा माओवादी केन्द्र तेस्रोमा राजपा चौथोमा समाजवादी फोरम पाँचौ स्थानमा एमाले छैठौं स्थानमा फोरम लोकतान्त्रिक रहेका छन् ।

धनुषामा रहेका १८ स्थानीय तहमध्ये ७ वटाको परिणाम सार्वजनिक भएका छन् । जसमध्ये जिल्लामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले ४ स्थानीय तहम जित निकालेको छ ।

जिल्लाको धनौजी गाउँपालिकामा काँग्रेसका बद्रीनारायण सिंह विजयी भएका छन् भने ।

धनुषाको जनकनन्दनी गाउँपालिकामा पनि कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका अब्दुलवारिक गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । त्यस्तै औरही गाउँपालिकामा नेपाली कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिको प्रभाव क्षेत्र रहेको धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा एमालेले जित हात पारेको छ । नेपालकै सबैभन्दा तल्लो क्षेत्रमा पर्ने यस गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

सो गाउँपालिकाको अध्यक्ष पदमा एमालेका मनोजकुमार यादव विजयी भए । 

त्यसैगरी जिल्लाको बटेश्वर गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका डम्बर बहादुर राउत विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्