रौतहट, ६ असोज– रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरी विजयी भएका हुन् ।
चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । उप–मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् ।
मेयर रामचन्द्र चौधरी र रामरती चौधरी नाताले ससुरा बुहारी हुन् । नगरपालिकाका ५ वडामा नेपाली कांग्रेसले र ३ वटामा एमालेले जितेको छ भने माओवादी केन्द्रले २ वडा विजयी भएको छ ।