२८ जेठ २०८३, बिहीबार

एनआरएनए एसिया प्यासिफिक संयोजकमा उदीयमान युवा व्यवसायी प्रदीप न्यौपानेको उम्मेदवारी

असोज २१, २०८०
काठमाडौं
एनआरएनए एसिया प्यासिफिक संयोजकमा उदीयमान युवा व्यवसायी प्रदीप न्यौपानेको उम्मेदवारी

उदीयमान युवा व्यवसायी एवं एनआरएनएका एसिया प्यासिफिक सचिव प्रदीप न्यौपानेले आगामी कार्यकालका लागि एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही असोज ३० गतदेखि कात्तिक ३ गते (१७ अक्टोबर –२० अक्टोबर, २०२३)सम्म काठमाडौंमा हुन लागेको महाधिवेशनमा न्यौपानेले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लामो समय चीनलाई कर्मभूमि बनाएका न्यौपाने एनआरएनए चीनका पूर्व अध्यक्ष हुन् । साथै उनी एनआएरनएको आईसीसी सदस्य समेत रहिसकेका छन् ।

null

पछिल्लो समय नेपालको खेल क्षेत्रमा एकछत्र राज गर्दै आएको केल्मी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता कामरु ट्रेडिङका प्रबन्ध निर्देशक समेत रहेका न्यौपानेले कोभिड महामारीका समयमा चीनसहित विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री सहयोग नेपाल भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

नुवाकोटको साविक दुईपिपल गाविस (हाल बेलकोटगढी नगरपालिका- ५) मा जन्मिएका न्यौपाने परदेशमा रहेर त्यहाँ रहेका नेपालीहरूको हकहितका गतिविधिमा निरन्तर सक्रिय छन् ।

null

न्यौपानेले ७ वटा प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) परिचयपत्र उपलब्ध गराउन नेपाल सरकारसँग पहल गर्ने, नागरिकताको निरन्तरता र दोस्रो पुस्ताका नेपालीहरूलाई एनआरएनएमा आकर्षित गराउने, पर्यटन प्रबर्द्धन, वैदेशिक लगानी, सीप, ज्ञान र पूँजी नेपालमा हस्तान्तरण, सुरक्षित वैदेशिक रोजगारको सुनिश्चितता, वैधानिक रूपमा रेमिट्यान्स भित्र्याउन पहल गर्ने, एनआरएनए एसिया प्यासिफिक खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदसँग समन्यव गराउने, अध्ययनको सिलसिलामा विदेश जाने विद्यार्थीलाई नि:शुल्क अभिमुखीकरण तालिम दिने, एसिया प्यासिफिक आपतकाली कोष स्थापना गर्नेलगायत उनका प्रतिबद्धता छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्