१८ असार २०८३, बिहीबार

हनीप्रीत जस्ती देखिने यी महिला को हुन् ? प्रहरीले ग–यो सोधपुछ

कात्तिक २०, २०७४
हनीप्रीत जस्ती देखिने यी महिला को हुन् ? प्रहरीले ग–यो सोधपुछ

काठमाडौं, ६ असोज — राम रहीम जेल पुगेपछि उनकी प्रियपात्र हनीप्रीतको खोजी जारी छ । यसैबीच बुधवार नेपाल प्रहरीले हनीप्रीत जस्ती देखिने एक महिलालाई पक्राउ गरी सोधपुछ गरेर छोडिदिएको छ ।


सोमवार राम रहीमका निकटवर्ती प्रदीपले हनीप्रीत नेपाल भागेको खुलासा गरेपछि भारतीय प्रहरीले सीमाक्षेत्रमा खोजतलाश तीव्र बनाएको थियो ।

पछि धरानको सेवारो सेकुवा कर्नरमा भारतीय नम्बरप्लेटको गाडीमा हनीप्रीत जस्ती देखिने महिला देखिएको भन्दै सादा पोशाकमा रहेको नेपाल प्रहरीले पक्रिएर सोधपुछ गरेको थियो ।

त्यसपछि हनीप्रीत नै पक्राउ परेको भनी हल्ला फैलिएको थियो । तर जाँचबुझपछि प्रहरीले ती पक्राउ परेकी महिलालाई छोडिदिएको थियो । प्रहरीले उनको नाम तथा ठेगाना गोप्य राखेको छ ।

नेपाल प्रहरीका अनुसार सोधपुछ गरिएकी महिला भारतीय हुन् र उनी पटनामा बस्छिन् । उनी परिवारसहित नेपाल घुम्न गएकी थिइन् ।

प्रहरी उपरीक्षक हरिबहादुर पालले उक्त युवती दुई दिनदेखि होटेलमा बसिरहेको बताइन् ।

हनीप्रीत नेपालमा लुकेर बसेको आशंका गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राम रहीमलाई सजाय सुनाइएको दिन पञ्जकूलामा उनका समर्थकहरूले हिंसा मच्चाएका थिए र त्यसमा हनीप्रीतको ठूलो भूमिका रहेको बताइन्छ ।

यसअघि हनीप्रीत विराटनगरमा सोमवार देखिएको हल्ला चलेको थियो । उनी प्रीतम सिंहको घरमा लुकिरहेको खबर सार्वजनिक भएको थियो ।

नेपालमा राम रहीमको डेरा सच्चा सौदा सन् २०१५ मा शुरु भएको थियो । भूकम्प आएपछि राम रहीमले यो डेरा शुरु गरेका थिए ।

नुवाकोटमा राम रहीमको डेरा रहेको छ ।

भूकम्पछिको उद्धारकार्यका लागि राम रहीम नेपाल आएको र ऊ जतिखेर पनि महिलाहरूबाट घेरिएर बस्ने गरेको स्थानीयहरू बताउँछन् ।

हनीप्रीत पनि राम रहीमसँगै नेपाल आएको स्थानीयले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्