२६ असार २०८३, शुक्रबार

तीन प्रदेशबाट बाहिरियो मनसुन, आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

असोज २२, २०८०
काठमाडौं
तीन प्रदेशबाट बाहिरियो मनसुन, आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

हाल बागमती र  गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

सोमबारसम्म यस वर्षको मनसुन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिसकेको छ । 

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन यसअघि नै बाहिरिसकेको थियो । 

नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्