
काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो ।
उनका अनुसार अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट प्रवेश गर्न पाइने छैन ।
त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनायएको छ ।
पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन ।
यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ ।