२१ असार २०८३, आइतबार

हुम्ला जीप दुर्घटना: घाइतेको उद्धार गर्न निगमको जहाज सिमकोट प्रस्थान

असोज २२, २०८०
काठमाडौं
हुम्ला जीप दुर्घटना: घाइतेको उद्धार गर्न निगमको जहाज सिमकोट प्रस्थान
फाइल तस्वीर

हुम्लामा भएको जीप दुर्घटनाका घाइतेलाई लिन काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाज सिमकोट प्रस्थान गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घाइते ९ जनाको उद्धार गर्न सोमबार बिहान नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिएका छन् । 

‘हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट घाइते भएका नौ जनालाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ। बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना,’ मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ। मानवीयताको नाताले माफी दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्