११ साउन २०८३, सोमबार
हमास आक्रमणको चपेटामा नेपाली

इजरायलबाट नेपाली विद्यार्थीको कारुणिक पत्र– यहाँ ज्यान गुमाउन मन छैन, स्वदेश फर्काइदिनुस्

असोज २२, २०८०
काठमाडौं
इजरायलबाट नेपाली विद्यार्थीको कारुणिक पत्र– यहाँ ज्यान गुमाउन मन छैन, स्वदेश फर्काइदिनुस्

प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणपछि त्रासमा बाँचिरहेका एक नेपालीले प्रधानमन्त्रीलाई सम्बोधन गरेर इजरायलबाट लेखेको पत्र भाइरल बनेको छ ।

कृषि तथा वन विश्वविद्यालयबाट अध्ययन र कामका लागि इजरायल पुगेका अन्नपूर्ण- २ कास्कीका सुरज भण्डारीले तत्काल स्वदेश फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका हुन् ।

'आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउन वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौं,' भण्डारी आफैंले फेसबूकमार्फत सार्वजनिक गरेको हस्तलिखित पत्रमा भनिएको छ ।

कृषि विश्वविद्यालयबाट गएका ११४ जना नेपाली विद्यार्थी इजरायल र हमासको द्वन्द्वको चपेटामा परेको उनले उल्लेख गरेका छन् ।

'आकाशमा चरा उडेको देखेका हामीले आज मिसाइल र फाइटर प्लेन उडेको देख्नुपरेको छ । तिहारमा पटका (पड्काएर) खुशीका साथ रमाउँदै गरेका हामी आज आफूअगाडि बन्दुक पड्किएको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकरभित्र नै छिरेर आक्रमण भइराखेको छ,' उनले अगाडि लेखेका छन् ।

हेर्नुहोस्, पत्र :

null

salt training

कमेन्ट गर्नुहोस्