
इजरायलमा हमासको हमलामा परेर मुत्यु भएका १० नेपालीको शव नेपाल ल्याउँदा सञ्चारमाध्यममा प्रशारणमा रोक लगाउने सरकारले निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलबाट नेपाल ल्याउने नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्वीर, भिडियो लगायतका सामग्रीहरू प्रसारण र प्रकाशनमा रोक लगाउने निर्णय गरेको हाे ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यसको जानकारी दिएकी हुन् ।