
टेलिभिजन (टीभी)मा लुकाएर ल्याएको आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
मलेसियाबाट नेपाल फर्किएका सिन्धुलीका नवराज धामी टीभीको भित्रपट्टी लुकाएर ल्याएको ५१० ग्राम सुनसहित सोमवार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।
शंका लागेर चेकजाँच गर्दा टीभीको भित्रपट्टी लुकाएको अवस्थामा काँचो सुन फेला परेको हो ।
उनी मलेसियन एयरलाइन्समार्फत नेपाल आएको पाण्डेले लोकान्तरलाई बताए ।