२४ असार २०८३, बुधबार
इजरायलमा हमासको आक्रमण

इजरायल घटनाबारे सर्वदलीय बैठकमा सुझावः भूराजनीतिलाई विचार गरेर सरकार सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ

असोज २२, २०८०
काठमाडौं
इजरायल घटनाबारे सर्वदलीय बैठकमा सुझावः भूराजनीतिलाई विचार गरेर सरकार सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ

इजरायल घटनालगायतका विषयबारे छलफल गर्न सोमवार साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले भूराजनीतिलाई विचार गरेर सन्तुलित ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन् ।

बैठकबाट निस्किएर सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आतंककारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन सरकारलाई सुझाव दिएको बताए ।

‘नेपालको भूराजनीतिलाई विचार गरेर सरकारले सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भनेर सुझाव दिएका छौं । यस्ता घटना बेला–बेलामा हुन्छन्, तर अब यस्तो नहोस् । यसर्थ आतंकारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन भनेका छौं,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले १० जना मृतकका परिवारलाई सरकारले राहतस्वरुप १० लाख दिनेलगायतका निर्णयको स्वागत गर्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सोमवार ६ बजेपछि एमाले, रास्वपा र राप्रपाका नेताहरू बैठकबाट बाहिरिएका थिए । त्यसपछि सत्ता गठबन्धनका नेताहरूको बैठक बसेको हो । 

पालेस्टाइनी संगठन हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ ।  

 
 

salt training

कमेन्ट गर्नुहोस्