०७ असार २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

असोज २३, २०८०
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मङ्गलबार) सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह पनि गरेको छ।

शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।

कमेन्ट गर्नुहोस्