०२ साउन २०८३, शनिबार

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफरमा ९ जनाले जिते स्कुटर

असोज २३, २०८०
काठमाडौं
‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफरमा ९ जनाले जिते स्कुटर

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ योजना अन्तर्गत ९ जनाले स्कुटर जितेका छन् ।

असोज २ देखि १५ गतेसम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट ९ जनाले टीभीएस १२५ सीसीको स्कुटर जितेका कम्पनीले जनाएको छ ।

अहिलेसम्म असोज ५ र ७ गतेका दुई विजेताले आफ्नो स्कुटर दाबी गरिसकेका छन् ।

ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरकी जेनी भलान्द्योले स्कुटर दाबी गरेका कम्पनीले जनाएको छ ।

३ कात्तिकसम्म लागू हुने योजनामा अझै पनि १३ वटा स्कुटर भाग्यशाली ग्राहकले जित्न सक्ने मौका बाँकी नै रहेको कम्पनीले जनाएको छ ।​

सामसङ स्मार्टफोन वा सामसङ ट्याब खरिद गरी यो अफरमा भाग लिन सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्