०८ असार २०८३, सोमबार

हमास समूहको आक्रमणबाट घाइते ४ नेपालीको अवस्थामा सुधार

असोज २३, २०८०
काठमाडौं
हमास समूहको आक्रमणबाट घाइते ४ नेपालीको अवस्थामा सुधार

प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

शनिबार भएको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको दूतावासले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

यस्तै हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तीब्र पारिएको दूतावासले जनाएको छ।  हमासको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्