२८ जेठ २०८३, बिहीबार
अझै बाहिरिएन मनुसन

नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

असोज २४, २०८०
काठमाडौं
नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

यस वर्षको मनसुन बाहिरिन ढिलाइ भएको छ । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने भए पनि यसपाली अहिलेसम्म पानी परिरहेको छ । यद्यपि सुदूरपश्चिम र कर्णालीबाट भने मनसुन ​बाहिरिँदै गएको छ । अन्य प्रदेशमा क्रमश: बाहिरिने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्