२१ जेठ २०८३, बिहीबार

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई खाद्यान्न तथा लत्ता कपडा वितरण

असोज २६, २०८०
काठमाडौं
लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई खाद्यान्न तथा लत्ता कपडा वितरण

लक्ष्मी सनराइज बैंकले बालबालिकालाई खाद्यान्न तथा विभिन्न सामग्री प्रदान गरेको छ ।​​​​

बैंकले आफ्नो सामाजिक उत्तर दायित्वअन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरिका विभिन्न संस्थाहरूसँग सहकार्यमा सामग्री वितरण गरेको हो ।

यस कार्यक्रमबाट ४०० भन्दा बढी बालबालिका लाभान्वित भएका बैंकले जनाएको छ ।​

बैंकका अनुसार नेपाल बाल संगठनअन्तर्गत पाँचखाल, दोलखा र भीमफेदीमा रहेका बालबालिकालाई दशैंमा नयाँ कपडा प्रदान गरिएको छ ।

यसका साथै नक्सालस्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।​

यसैगरी बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वयलफेर मिसन, मधेश प्रदेशको गरुडामा श्री बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौँडामा मामाघर नेपालका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

यस्तै, गण्डकी प्रदेशको पोखरामा रहेको रेन्बो चिल्ड्रेन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनाश आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेन हेभन लगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रावासका बालबालिकाको लागि विभिन्न खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्