
काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा सञ्जय भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
शुक्रवार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा जीवित रहेसम्मका लागि कैदको माग दाबीसहित मुद्दा दायर गरेको हो ।
भण्डारीले गत भदौ २९ गते राति तीनकुनेमा रहेको काठको गोदाममा रहेका ४ जनाको हत्या गरेका थिए । प्रहरीले सीसीटीभीको आधारमा उनलाई भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
उनले प्रहरीलाई आफूले अन्य व्यक्तिको पनि हत्या गरेको बताउँदै आएका थिए ।
तर त्यसलाई पुष्टि हुने प्रमाणहरू फेला नपरेको प्रहरीले जनाएको छ ।