
गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजक पदमा जापान निवासी सुपेन्द्र घिसिङको उम्मेदवारी दर्ता गराएका छन् । गैरआवासीय नेपाली संघको बालुवाटारस्थित कार्यालयमा उनले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा अर्जुन थापा र किरण बर्मा रहेका छन् भने समर्थकमा प्रकाश लामिछाने र श्रीकृष्ण पाठक रहेका छन् ।
युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरणको उद्घोषसहित घिसिङले आफूले उम्मेदवारी दिएको बताए । एनआरएनएको निर्वाचन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदै छ ।