०९ साउन २०८३, शनिबार
उपचारका लागि भारततर्फ

मनाङ एयरका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो

असोज २८, २०८०
काठमाडौं
मनाङ एयरका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो

शनिवार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाइँलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

उनलाई आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको थियो । 

शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाइँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उनको उपचार इमर्जेन्सी कक्षमा शुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

पाइलट सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि उनको समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्