१० साउन २०८३, आइतबार
एसीसी यू-१९ प्रिमियर कप

बहराइनविरुद्ध फराकिलो जीत, १२औं ओभरमै विजयी लक्ष्य पूरा

असोज २८, २०८०
काठमाडौं
बहराइनविरुद्ध फराकिलो जीत, १२औं ओभरमै विजयी लक्ष्य पूरा

एसीसी मेन्स यू–१९ प्रिमियर कपमा नेपालले दोस्रो जीत दर्ता गरेको छ । आइतवार भएको खेलमा नेपालले बहराइन यू-१९ लाई ७ विकेटको फराकिलो अन्तरले पराजीत गर्‍यो ।​

बहराइनले पेश गरेको ७८ रनको चुनौती नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपाललाई सहजै लक्ष्यसम्म पुर्‍याउने क्रममा कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले समान ३२ रन जोडे ।

नेपालको ब्याटिङको शुरूआत भने राम्रो हुन सकेको थिएन १०  रन जोड्दा ३ विकेट गुमाउने क्रममा दीपक बोहराले  ४ र दिपक प्रसाद डुम्रेले १ रन जोडे । उत्तम थापा मगर रनको खाता नखोली पेबेलियन फर्किए । 

यसअघि बलिङतर्फ दिपेश कंडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिएका थिए । पहिलो खेलमा नेपालले इरान यू–१९ विरुद्ध फराकिलो जीत दर्ता गरेको थियो ।

१६ टीम सहभागी यस प्रतियोगिताका शीर्ष ३ टीम भारत-पाकिस्तान लगायत टेस्ट राष्ट्र सहभागी यू-१९ एसिया कपका लागि छनोट हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्