२१ जेठ २०८३, बिहीबार

कोशी प्रदेशको राजनीतिक सङ्कट टर्‍यो - मुख्यमन्त्री कार्की

असोज २८, २०८०
काठमाडौं
कोशी प्रदेशको राजनीतिक सङ्कट टर्‍यो - मुख्यमन्त्री कार्की

​कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएका छन् । 

प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्‌भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताए । त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

उनले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्