०४ साउन २०८३, सोमबार

जनार्दनले अघि सारे राष्ट्रिय सहमतिको प्रस्ताव

असोज २८, २०८०
काठमाडौं
जनार्दनले अघि सारे राष्ट्रिय सहमतिको प्रस्ताव

 नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन् । 

शनिवार र आइतबार ललितपुर, काठमाडौँ र काभ्रेमा आयोजित विभिन्न कार्यक्रममा वाग्मती इन्चार्ज समेत रहेका शर्माले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका हुन् । 

काभ्रेको धुलिखेलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै शर्माले अस्थिरता देश विकासको प्रमुख बाधक रहेको बताए । ‘अहिलेको निर्वाचन प्रणाली एवं राजनीतिक कोर्स भित्रबाट कुनै पनि पार्टीको एकल बहुमतको सम्भावना नरहेकाले राष्ट्रिय सहमति दलहरू अघिको आवश्यकता बन्दै गएको छ’, उनले भने ।  

शर्माले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटलाई स्मरण गर्दै भने, ‘कोशी प्रदेशमा अस्थिरताको जुन परिदृष्य देखिएको छ ।  त्यसले मुलुकलाई सही बाटोमा लैजाँदैन भन्ने स्पष्ट छ ।’

 सङ्घीयता, समावेशी र गणतन्त्रका कमजोरीलाई सुधार गर्नुको साटो भित्रभित्रै संविधानले दिएका त्यस्ता महत्त्वपूर्ण अधिकारलाई अर्थहीन बनाउने गरी बहस सुरु गर्न खोजिएको भन्दै  शर्माले पछाडि फर्कने छुट कसैलाई नभएको बताए ।

प्रदेश र स्थानीय तहलाई आवश्यक ऐन, कानुन र पर्याप्त अधिकार नदिएको प्रति पनि शर्माले असन्तुष्टि पोखे । तर, प्रदेशमा सानो आकारको मन्त्रिपरिषद्, थोरै स्थायी कर्मचारी र बाकी करार कर्मचारी नियुक्त गरेर चुस्त ढङ्गले सेवा प्रवाह हुनुपर्नेमा शर्माको जोड थियो । 

salt training

कमेन्ट गर्नुहोस्