०७ साउन २०८३, बिहीबार

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु भारत

असोज २९, २०८०
बैतडी
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु भारत

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा सोमवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । 

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

पछिल्लो समय सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ । यसै महिना भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको थियो । साथै थुप्रै भाैतिक क्षतिसमेत भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्