२० असार २०८३, शनिबार

दशैंमा घर जान १ हजारको टिकटको मूल्य १५ सय !

कात्तिक २०, २०७४
दशैंमा घर जान १ हजारको टिकटको मूल्य १५ सय !
काठमाडौं,  ७ असोज- हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंमा राजधानी उपत्यकाबाट बाहिरिनेको संख्या  करिब १० लाख पुगेको छ ।

दशैंलाई लक्षित गर्दै गत भदौ २७ गते देखि सडक यात्रामार्फत घर जानेहरुको संख्या करिब १० लाख पुगेको हो । दैनिक १ देखि डेड लाखको हाराहारीमा उपत्यकाका विभिन्न नाकाबाट यात्रुहरु बाहिरिने गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगासँगै बल्खु, दक्षिणकाली, बालाजु बाइपास, साँगालगायतका नाकाबाट लामो यात्रामा जानेहरुको संख्या बढी भएको महासंघको महासचिव सरोज सिटौलाले बताए ।

उनले उपत्यकाबाट बाहिरिए पनि अस्तव्यस्त सडक भएका कारण सबै यात्रु घर पुगिनसकेको बताए ।

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘उपत्यकाबाट १० लाखभन्दा बढी यात्रुबाहिरिसकेका छन्, तर कतिपय यात्रु सदरमुकामतिर पुगेर रोकिउका छन्, अझै पनि बाटोघाटोको अभावका कारण यात्रुहरु समयमा घर पुग्न सक्दैनन्, यसमा सरकारले चासो देखाउनुपर्छ ।’

यात्रुहरु बाहिरिने क्रम बढेसँगै यात्रुहरु ठगिन थालेको गुनासो समेत बढेको छ । नयाँ बसपार्कमा टिकट बुकिङका लागि पुगेका यात्रुहरुले लोकान्तरसँगको कुराकानीका क्रममा भाडा पनि बढी तिर्नुपरेको र बिचौलियाहरुले सिटको ग्यारेन्टी नहुने कुरा गर्ने गरेको बताए ।

कञ्चनपूरको महेन्द्रनगरका लागि टिकट काटेका राम कार्कीले महेन्द्रनगरनगर जाने बसको तोकिएको भाडा १ हजार २ सय ११ रुपैंया भए पनि १५ सय तिरेको बताए ।

यसैगरी इलामका लागि बसको टिकट काट्ने लइनमा भेटिएका सरोज लिम्बुले पनि टिक काट्ने क्रममा बिचौलियाहरुले तोकिएको भन्दा बढी भाडा भाडा भन्ने गरेको बताए । टिकट काट्न बसपार्क पुगेका कतिपयले टिक तोकिएको भन्दा बढी भन्ने गरेको बताए ।

बिचौलियाहरुले तोकिएको भन्दा बढी भाडा लिने तर असहज यात्रा गराउने प्रबृत्ति यो वर्ष पनि देखिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकारले अनुगमन गर्नै नसकेको बताए । यातायात ब्यवस्था विभागले भने अनुगमन भइरहेको र तोकेको भाडा दरभन्दा बढी भाडा लिएको भेटिए कारवाही गरिने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्