२० असार २०८३, शनिबार
कोशीको राजनीतिक विकासक्रम

माओवादीले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

असोज २९, २०८०
काठमाडौं
माओवादीले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
फाइल फोटो

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशको सोमवार बसेको बैठकले गठबन्धन कायम राख्नका लागि विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज चक्रपाणि खनाल बलदेवले मत दिनुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको बताए । उनले  केन्द्रबाट कुनै निर्देशन भने नआएको  बताए ।

`मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,' उनले भने, `भोलि केन्द्रले निर्देशन देला । गठबन्धन कायम राख्न पनि हामीले विश्वासको मत दिनुपर्ने देखिएको छ ।'

गठबन्धनको निर्णयविपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

उनले बुधवार विश्वासको मत लिन लागेका छन् । बुधवारका लागि प्रदेशसभा बैठक समेत बोलाइएको छ ।

गठबन्धन दल माओवादीसहित कांग्रेस, नेकपा एस र जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ ।

राप्रपा भने विश्वासको मतका विषयमा मौन देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्