२८ जेठ २०८३, बिहीबार

गाजामा ‘युद्धबिराम’ को समाचार इजरायलद्वारा अस्वीकार

असोज २९, २०८०
काठमाडौं
गाजामा ‘युद्धबिराम’ को समाचार इजरायलद्वारा अस्वीकार
फाइल फोटो

विदेशी नागरिकहरूलाई इजिप्ट प्रवेशको अनुमति दिन गाजामा अस्थायी युद्ध बिराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्ने वाचा भने इजरायली सेनाले गरेको छ ।

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्ने सहमति भएको समाचारहरूमा बताइएको थियो । तर, नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धबिराम र मानवीय सहायता हाल सम्भव नरहेको बताएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन्, तर सोमबारसम्म रफाहबाट ४० किलोमिटर पूर्वको एल–अरिस सहर छाडेका थिएनन् ।

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्