२९ जेठ २०८३, शुक्रबार

आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति

असोज २९, २०८०
काठमाडौं
आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायु सेवा प्रदायकबीच आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।

हवाई भाडादरमा अत्यधिक वृद्धि गरिएको जनगुनासोपछि मन्त्री सुदन किराँतीको अध्यक्षतामा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवाका प्रतिनिधिहरूबीच आज मन्त्रालयमा बसेको बैठकले उक्त सहमति गरेको हो ।

'वायुसेवा संस्थाहरूले महंगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत क्रमशः कम गरी अधिकतम कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने साथै बाहिरबाट काठमाडौं फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको व्यहोरा सबैमा जानकारी गराइन्छ,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'चाडपर्वको यस अवसरमा जनस्तरबाट आएको गुनासो सम्बोधन गरी यात्रुहरूलाई सुरक्षित, भरपर्दो, प्रभावकारी र सुलभ हवाई यातायातको प्रत्याभूति गराउनेतर्फ वायुसेवा संस्थाहरू केन्द्रित रहन माननीय मन्त्रीज्यूबाट निर्देशन समेत भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ ।'

मन्त्रालयले निर्धारण गरेको सीमाको परिधिभित्र रही हवाई भाडादर बजारको माग र आपूर्ति बमोजिम नै तलमाथि भइरहेको मन्त्रालयले जनाएको छ । वायुसेवाका अत्यधिक टिकट अनलाइन प्रणालीमार्फत नै बिक्री हुने गरी व्यवस्था भएकाले पारदर्शीरूपमा नै टिकट खरिद बिक्री भइरहेको जनाइएको छ ।

हवाई इन्धन र वायुयानका पार्टपूर्जाको मूल्यमा भएको वृद्धि, अस्थिर डलर विनिमयदर, हालसालै हवाई यातायात र यात्रु टिकटमा थपिएको मूल्य अभिवृद्धि कर तथा यात्रु सेवा शुल्क र विमानस्थल सेवा शुल्कमा भएको वृद्धि लगायतका विविध कारणले स्वयं वायुसेवा सञ्चालकहरू नै मारमा परेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

null

salt training

कमेन्ट गर्नुहोस्