०८ साउन २०८३, शुक्रबार

रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित

असोज ३०, २०८०
बुटवल
रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित

रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित भएका छन् ।

संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनले सापकोटाको नेतृत्वमा मंगलवार नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र महासचिवमा हिरामणि भट्टराई निर्वाचित भएका छन् ।​​

त्यस्तैगरी कोषाध्यक्षमा युवराज आचार्य, सचिवमा सुमन बस्याल, महिला सचिव मन्जु भुसाल र सह–कोषाध्यक्षमा विशाल बेल्वासे चयन भएका छन् ।

अध्यक्षलगायत अधिकांश पदमा निर्विरोध भए पनि केही पदहरूमा सोमवार निर्वाचन भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए ।

अधिवेशनले २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्