३० जेठ २०८३, शनिबार

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

असोज ३०, २०८०
काठमाडौं
एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।​

मंगलवार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण पारित गरेको छ ।

यस्तै, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित भएको बैंकले जनाएको छ ।

साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।​

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।​

बैंकको साधारणसभाले आव २०८०/८१ को लागि श्री एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्