
नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेन्ज महोत्सवको आयोजन गर्ने भएको छ ।
यो विशेष महोत्सव यही कात्तिक १ गते बुधवारदेखि सीमित अवधिको लागि लागू हुनेछ ।
यस विशेष एक्सचेन्ज महोत्सवमा जुनसुकै ब्रान्डका ब्याट्रीहरू ल्याइ एक्साइड ब्याट्रीसँग एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथमा ज्याकपटमार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिने छ ।
नेपालभरि रहेका एक्साइडका आधिकारिक बिक्रेताहरू मार्फत यस योजनामा सहभागी भई भरपूर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।
थप जानकारीको लागि टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ ।