
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक केहीबेर अगाडि शुरू भएको छ ।
बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू सत्तापक्षको लहरमा बसेका छन्।
मुख्यमन्त्री नियुक्त भएको पाँचौ दिनमै कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
