निवर्तमान मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि कांग्रेसले स्वागत गरेको बताएका छन्।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री थापाले कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको बताए ।
मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर कांग्रेसका ८ जनालाई पनि आफूहरूले गला मिलाएर अगाडि बढ्ने उनले बताए ।
उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ति जनाउनु आवश्यक नभएको उनको भनाइ थियो ।
मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नका लागि उनले आग्रह गरेका छन् ।