२६ असार २०८३, शुक्रबार

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

कात्तिक १, २०८०
काठमाडौं
ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
फाइल फोटो

‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा आयोजना हुने फोरममा सहभागिताका लागि उनी बुधवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए ।

दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्‍याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त  प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले सो कार्यक्रममा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । 

यस्तै जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्वपूर्ण हुनेछ ।

कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने बताइएको छ ।

मन्त्री बस्नेतसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्