३२ असार २०८३, बिहीबार
मुख्यमन्त्रीले लिए विश्वासकाे मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा ५ मत खस्यो

कात्तिक १, २०८०
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा ५ मत खस्यो
फाइल फोटो

कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।​

कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार नबनाएपछि ८ सांसदको विद्रोहको बलमा एमालेका ३९ सांसद जुटाएर कार्की मुख्यमन्त्री बनेका थिए ।

तर उनलाई उनको पार्टी कांग्रेसले पनि विश्वासको मत दिएको छ ।

उनलाई एमालेका ३९, कांग्रेसका २९, एकीकृत समाजवादीका ४ माओवादीका १३ सांसदले विश्वासको मत दिएका हुन् । 

गत शनिबार  एमाले ३९ र कांग्रेसका ८ सासदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।

कार्कीको पक्षमा ८६ मत खसेको छ । विपक्षमा राप्रपाको ५ मत खसेको छ । राप्रपाले प्रमुख प्रतिपक्षी बस्ने भन्दै विश्वासको मतको विपक्षमा मतदान गरेको हो । 

प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गर्ने कार्की पहिलो मुख्यमन्त्री हुन् ।

राप्रपाका एक सांसद भने अनुपस्थित भए ।

९३ सदस्यीय प्रदेशसभामा ९१ सदस्य उपस्थित थिए । राप्रपाका प्रेमराज थामसुहाङ भने अनुपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्