०९ असार २०८३, मंगलबार

काठमाडौं महानगरपालिका भित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी

कात्तिक १, २०८०
काठमाडौं
काठमाडौं महानगरपालिका भित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी
फाइल फोटो

काठमाडौं महानगरपालिका भित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कमलादी मोडबाट प्रज्ञा भवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्ण पाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । “त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुर तर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ”, भट्टले भने, “त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।”​

प्रज्ञा भवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसार तर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन । 

सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्