१७ असार २०८३, बुधबार

राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भइरहेको छ, सजग हुनुपर्छ : केपी ओली

कात्तिक १, २०८०
काठमाडौं
राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भइरहेको छ, सजग हुनुपर्छ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भइरहेको बताएको छन् । त्यसप्रति आपत्ति जनाउँदै उनले त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताए । 

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिएका हुन् ।

“महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारी बोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ । हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्‌भावसहितको एकता चाहन्छौं, यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौं । यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ ।” उनले भने ।

जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने उनको भनाइ थियो । पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार भएका उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्