११ साउन २०८३, सोमबार

नापी विभागसँग चोरीको सफ्टवेयर

कात्तिक २०, २०७४
नापी विभागसँग चोरीको सफ्टवेयर
काठमाडौँ, ८ असोज - नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस)सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रूपमा महत्वपूर्ण तथ्यांक संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ । इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार ७–८ वर्षयता नापी विभागले आफूबाट जिआइएस अनुमतिपत्र नलिएको बताए ।napi vivag
नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभन्दा महत्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ । सबै शाखा र जिल्ला कार्यालयमा इसरीको आर्क जिआइएस सफ्टवेयर प्रयोगमा छ ।

त्यसमध्ये करिब आठ वर्षअघि तीनवटा युजर लाइसेन्स मात्रै विभागलाई प्रदान गरेको चौहानले बताए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्