२६ असार २०८३, शुक्रबार

विमानस्थलका पसलको बिक्री मूल्य महँगो भएको गुनासोपछि सीमा तोक्न समिति गठन

कात्तिक २, २०८०
काठमाडौं
विमानस्थलका पसलको बिक्री मूल्य महँगो भएको गुनासोपछि सीमा तोक्न समिति गठन
फाइल फोटो

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरूले लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्राधिकरणले बिहीवार उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । 

समितिले उठेका विषयको कानूनी पाटो १५ दिनभित्र टुङ्ग्याउनु पर्नेछ ।

बाहिरको तुलनामा विमानस्थल भित्रका पसलको मूल्य महँगो भएको उपभोक्ताबाट गुनासो आएपछि केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अनुगमन गरेका थिए ।

सो क्रममा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न निर्देशन दिएको थियो ।

‘...कानूनी तथा व्यावसायिक पक्षहरूको अध्ययन गरी विस्तृत प्रतिवेदन १५ दिन भित्र महानिर्देशक समक्ष पेस गर्ने कार्यादेशसहितको प्राधिकरणको निर्णयानुसार कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गएिको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।​

हेर्नुहोस प्राधिकरणको विज्ञप्ति​

null

salt training

कमेन्ट गर्नुहोस्