०८ साउन २०८३, शुक्रबार

एसीसी यू- १९ प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र जापान भिड्दै

कात्तिक ४, २०८०
काठमाडौं
एसीसी यू- १९ प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र जापान भिड्दै

मलेसियामा जारी एसीसी यू- १९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन् । मलेसियाको वाइएसडी क्रिकेट ओभल बाँगीमा हुने खेल बिहान सवा ७ बजेदेखि शुरू हुनेछ। 

नेपाल नेपाल समूह ‘ए’ र जापान समूह ‘बी’ को विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । 

जापानलाई पराजित गर्न सके नेपालले एसिया कप खेल्ने पक्का गर्नेछ । फाइनल भने ७ कात्तिकमा हुनेछ । 

आजै हुने दोस्रो सेमिफाइन खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘सी’  को विजेता सिंगापुर भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे हुनेछ। 

प्रिमियर कपको फाइनल मंगलबार हुनेछ। 

फाइनल पुग्ने दुई तथा तेस्रो स्थानमा रहने एक गरी तीन टोलीले आगामी डिसेम्बरमा हुने एसिया कपमा स्थान बनाउनेछन्।

यू–१९ एसिया कप डिसेम्बरमा हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्