२८ असार २०८३, आइतबार

कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

कात्तिक २०, २०७४
कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

कपिलवस्तु, ८ असोज- कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो । 

चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन् । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इप्रका बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्