०८ असार २०८३, सोमबार

परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी केन्द्र तयार

कात्तिक २०, २०७४
परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी केन्द्र तयार

 


बागलुङ, ८ असोज (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने छ भन्नुभयो । नेता शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको बताउँदै स्थानीयस्तरमा पार्टीको हित र अनुकूलता हेरेर तालमेलमा जान सकिने धारणा राख्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्