०२ साउन २०८३, शनिबार
पाल्पाका दुर्घटना

पाल्पाको बैकुण्ठ झरना नजिकैबाट जीप खस्यो, उद्धार जारी

कात्तिक ५, २०८०
काठमाडौं
पाल्पाको बैकुण्ठ झरना नजिकैबाट जीप खस्यो,  उद्धार जारी
तस्वीरः सामाजिक सञ्जाल ।

पाल्पाको रानीमहल सडकखण्डमा जीप दुर्घटना भएको छ । उक्त सडकखण्डअन्तर्गत बैकुण्ठ झरना नजिकैबाट जीप खसेको छ । 

अहिले उद्वार कार्य जारी रहेको स्थानीयले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीनवटै निकायका सुरक्षाकर्मीको टोली  घटनास्थल पुगेको छ । जीप सडकबाट खोलामा खसेको छ भने गहिरो खाेँच रहेको हुँदा उद्धारमा कठिनाइ भएको बताइएको छ । 

आइतवार बेलुका करिब ५ बजे दुर्घटना भएको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्